सानिगाड नदी पहिरोले थुनिदा , स्थानीय बजार जोखिममा

काठमाडौं । बझाङ्गको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको सानिगाड नदी थुनिएको छ । बिहीवार राती भएको अबिरल बर्साका कारण बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको महादेब उ.मा.बि अठ्पालीको तल रहेको गिठिनी भिरमा पहिरो जादा सानिगाड नदि थुनिएको थियो । मङ्गलबार देखि नै अलि अलि ढुङ्गा आइररहेको थियो,शुक्रबार बिहान करिब ९ बजे तिर ठुलै पहिरो गएर नदि थुनिएको र पहिरो ले बु.न.पा ६ बस्ने दल ब. धामीको छानोसहित २ भैंसी र कमाइ खाने खेत समेत बगाएको छ भने अरु मानिसहरुको पनि खेत बगाएको छ । त्यसैगरी स्थानिय नरेन्द्र धामीको गोठ र गोठमा भएका ३ वटा गाई समेत बगाएको छ । करिब ९ बजे आएको पहिरोले गर्दा घटनास्थल नजिकका कफलसेरी बजारलगायत सिमलथला, कोटिला र लम्बगड क्षेत्र पुरै जोखिममा रहेको छ । पहिरो आउन अझै रोकिएको छैन ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बुङ्गलको टोली पुगिसकेको छ भने थुनिएको नदि खुल्न सुरु भएको छ । पहिरोले अहिलेसम्म कुनै पनि मानबिय क्षति भने भएको छैन । पहिरोले पुर्याएको क्षतिको पूर्ण बिबरण अझै आइसकेको छैन ।