जनगणतान्त्रिक सम्पर्क मञ्च रामेछप -काठमाडौ भेला आयोजक कमिटी गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय संमन्वय समिति नेपाल अन्तर्गत रामेछप -काठमाडौ सम्पर्कको भेला आयोजना कमिटी गठन गरिएको छ। उक्त कार्यक्रम जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रीय कार्यलय अनामनगर भेला सम्पन्न गरिएको थियो।उक्त कार्यक्रमका प्रमुख अतिथि जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंह महासचिब पुर्ण श्रेष्ठ र सचिबहरु सुशील बलम्पाकी र खेम प्रधान रहनु भएको थियो। उक्त कार्यक्रममा बोल्दै कमानसिंहले सम्पुर्ण क्रान्तिकारिहरु बैज्ञानिक समाजबाद स्थापना गर्न एक ढिक्का भै लागि पर्ने र हरेक जिल्ला बाट क्रान्तिकारी साथिहरु बैज्ञानिक समाजबाद ल्याउन एकबद्द्ता भै लड्नु पर्ने बताउनु भएको थियो।