जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय कार्यलयको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्च संमन्वय समिति केन्द्रिय कार्यलयको बैठक सम्पन्न भएको छ। बैठकको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जनगणतान्त्रीक सम्पर्क मञ्चका इन्चार्ज चिरन पुन “मिलन” रहेका थिए भने बैठकको अध्यक्षता जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंहले गरेका थिए । बैठकमा केन्द्रिय कार्यलयका पदाधिकारीहरुले संगठन विस्तार र लकडाउन भित्र परेको समस्याहरु रिपोर्टिङ गरेको थिए। प्रमुख अथिती उपस्थित भएको बैठकले स्कुलिङ र पशिक्षण गर्ने, साधरण शाखा र केन्द्रिय समितिको बैठक राख्ने , संगठन विस्तार र्तिव रूपमा लैजाने , जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समाजको नविकरण प्राविधिक कारण हुनसकेको थिएन त्यसलाई पनि नविकरण गर्ने र सम्पर्क मञ्चले आफै नै अनलाइन मिडिया चलाउने निर्णय गर्दै सम्पन्न भएको थियो । साथै लामो समयसम्म कोरोना पोजेटिभ भइ कोरोनालाई जित्नु भएकोमा प्रमुख अथितिलाई कार्यलय टिमले बधाई तथा पूर्ण स्वास्थलाभको कामना गरिएको थियो।