नेकपा कञ्चनपुरद्वारा अवैध काठ नियन्त्रणमा

२०७८ भाद्र ८ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले भिमदत्त नगरपालिका वार्ड नम्बर ०९ को टुँडिखेलमा तस्कर समूहले अवैध रुपमा चिरान गरि ओसार पोसार गर्नका लागि तयार गरेको काठ नियन्त्रणमा लिएको छ। सो पार्टीले अवैध रूपमा काठ चिरान गरि ओसारपसार गर्न लागेको विशेष सुचनाका आधारमा गएको टोलीले काठ नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएको काठमा ७ फिटका २८ वटा कडिहरु ४.५ फिटका५२ वटा कडि ,५ फिटका १७ वटा,३ वटा सिल्लि र ३ वटा गोलियाहरु रहेका छन्।
भीमदत्त पार्टी नगर समिति सचिव दिपेन्द्र ऐरी,युवा संगठन का सहसचिव भिम धामि,युवा नगर सदस्य सुरेश नाथ र अखिल क्रान्तिकारी का जिल्ला सदस्य हरिष ऐरी लगायतको टोलिले नियन्त्रणमा लिएको दिपेन्द्र ऐरीले जानकारी दिए। काठ नियन्त्रणमा लिइसकेपछि डिभिजन वन कार्यालयलाई कञ्चनपुरलाई जानकारी गराउँदा समेत चासो नदिएको बरू शशस्त्र प्रहरी आएर सहयोग गरेको ऐरीले बताए ।
तस्करी गर्ने समुह फरार रहेको समेत उनले बताए। वास्तविक तस्कर पत्ता लगाई हदै सम्मको कार्वाही गर्न समेत सम्बधित निकायलाई उनले अपिल गरेका छन। वन कार्यालयकै मिलेमतोमा तस्करी गरिरहेको हुनसक्ने भएकोले आफ्नो पार्टीले अनुसन्धान गरेर जनकारवाही गर्ने नगर सचिव ऐरी को भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु