नेकपा ब्रहमपुरी गाउँपालिकाको भेला सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीअन्तर्गतको ब्रहमपुरी गाउँपालिकाको प्रथम भेलाले रामप्रसाद महतोंको नेतृत्वमा ३१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । उक्त भेलाको प्रमुख अतिथि जिल्ला सेक्रेटरी कमल सुस्लिङ्ग, अतिथि किसान नेता किशुन देब शर्मा, चन्द्र नगर सेक्रेटरी जुम राति मन्सुर लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । सरोसी रामको अध्यक्षतामा स्वागत मन्तव्य बिल्टु सहनीले दिएका थिए भने सञ्चालन रामप्रसाद महतोंले गरेका थिए ।