नेकपा इच्छाकामना गाउँपालिकाद्वारा स्वागत बोर्ड स्थापना

२०७८ भाद्र १२ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनको इच्छाकामना गाउँपालिकाले स्वागत बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ । सो स्वागत बोर्डमा एकीकृत जनक्रान्ति जिन्दावाद !, दलाल पुँजीवादी संसदीय व्यवस्थाको भ्रममा नपरौं !, स्थिरता, शुसासन, समानता, शान्ति र समृद्धिका लागि जनमत सङ्ग्रह मार्फत् वैज्ञानिक समाजवाद रोजौं ! लगायतका नाराहरू रहेको जिल्ला सदस्य रघुविर शर्माले जानकारी दिए । नेकपा चितवन जिल्ला सदस्य रघुविर शर्मा, पुरन राई र शंकर गुरुङको उपस्थितिमा उक्त स्वागत बोर्ड राख्ने कार्य सम्पन्न भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु