पहिरोमा पुरिएर ६ जनाको मृत्यु

२०७८ भाद्र १८ गते, शुक्रबार


काठमाडौँ । पर्वतमा पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेलको पहिरोमा परेर मृत्यु भएको हो । कुश्मा नगरपालिका ३ दुर्लुगंकी १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिला पौडेलको पनि पहिरोमा परेर मृत्यु भएको छ । अविरल वर्षाका कारण गए राती २ बजेको समयमा खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी दुर्लुगंकै ३५ वर्षीया भगवती पौडेल र ९ वर्षीय विनोद पौडेल बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । दुर्लगंको पहिरोमा ज्यान गुमाउने र बेपत्ता हुने एकै परिवारका रहेको प्रहरीले जनाएको छ । मोदी गाउँपालिका अम्बोटकी ५० वर्षीया ठूलीमाया थापाको पनि पहिरोमा परेर ज्यान गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु