‘ नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर ‘

२०७८ भाद्र २२ गते, मंगलवार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयबाट हालै प्रकाशित विज्ञप्तिहरुबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको उल्लेख गर्दै विचार र अभिव्यक्ति स्वतन्त्रतालाई रोक लगाउने गरी सूचना, विज्ञप्ति जारी नगर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
आयोगले प्रदर्शनकारीलाई पनि कुनै विषयमा विमति राख्दा मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धप्रति संवेदनशील हुन र आफ्ना विरोध प्रदर्शनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु