MCC खारेजी आन्दोलन निर्णायक र सफल बनाउन अपिल

२०७८ भाद्र २५ गते, शुक्रबार


काठमाडौं । एमसीसी खारेजी संघर्ष समितिले एमसीसी विरुद्धको अभियान ससक्त बनाउउदै आन्दोलन निर्णायक र सफल बनाउन अपिल गरेको छ । समितिका अध्यक्ष नारायण शर्माले एमसीसी खारेज संयुक्त आन्दोलन नेपालले तत्काल गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउँदै आन्दोलनको मोर्चालाई अझ फराकिलो र शसक्त पार्न तथा आन्दोलन निर्णायक र सफल बनाउन बिभिन्न कार्य तत्काल गर्नुपर्न केहि बिषयहरु उठाएका छन् ।
जुन यस प्रकार रहेका छन – ” १. MCC को विरोध र भण्डाफोरसँगै त्यस्की उपाध्यक्ष फातिमा सुमारका हेपाहाजनक र धम्कीपूर्ण काम र कुराहरु तथा उनीहरुको सुरक्षाको नाममा देउवा सरकारले उनीहरुप्रती देखाएको दलाली र चाकरी एवं शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नेपाली जनताको मौलिक हकलाई कुल्चेर विरोध प्रदर्शनका क्रममा भएको निरंकुश दमन र धरपकडको तीव्र निन्दा, भर्त्सना र भण्डाफोर गर्दै विज्ञप्ति जारी गर्नुका साथै सशक्त विरोध प्रदर्शनहरु गर्दै जाने ।

२. MCC खारेजी संयुक्त आम्न्दोलनको मोर्चालाई अझ फराकिलो र सशक्त पार्न तथा आन्दोलन निर्णायकरुपले सफल बनाउन MCC विरोधी संयुक्त हुन बाँकी दलहरु, संघसंस्था र व्यक्तित्वहरुलाई समेत समेट्ने वा संयुक्त हुन नसक्ने शक्ति-व्यक्तिहरुसँग समझदारी बनाएर तालमेल गरी आन्दोलन परिणाममुखी बनाउने ! यो निर्णय अनुसार बाह्यरुपमा सार्वजनिक अपिल गर्ने र आन्तरिक रुपमा भेटवार्ताको पहल बढाउने !

३. स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा समेत संयुक्त भएर आन्दोलन व्यापक बनाउन भित्री र बाहिरी पहल गर्ने ।

४. मिडिया, विज्ञ-विशेषज्ञ र लेखक-बुद्धिजीवीहरुलाई MCC पास गर्ने-गराउनेहरुका विरुद्धमा अधिकतम रुपमा परिचालन गर्ने ।

५. सभामुख र संसदीय दलका सबै नेताहरुसमक्ष एक शीर्ष डेलीगेसन गई MCC कुनै हालतमा पास नगर्न-नगराउन अनुरोध गर्दै ज्ञापनपत्रसमेत दिने । साथै सम्पूर्ण सांसदहरुलाई पनि यसप्रकारको अनुरोधमूलक चेतावनीसहितको ज्ञापनपत्र दिने !

६. राष्ट्रपतिलाई भेटगरी MCC मार्फत हुन थालेको राष्ट्रघातप्रति सावधान रहन र देसहितमा आवस्यक कदम चाल्न अनुरोध गर्ने !

७. विभिन्न दल वा संघसंस्थाहरुद्वारा घोषित mcc विरुद्धका कार्यक्रमहरुलाई संयोजन र परिमार्जन गरी संयुक्त बनाउन पहल गरेर थप प्रभावकारी र परिणाममुखी बनाउन जोड दिने ।

८. संयुक्त आन्दोलनमा सहभागी सबै दल वा संघसंस्था र अभियानहरु तथा तिनका नेता-कार्यकर्ता र जनताहरुप्रती सकारात्मक, समतापूर्ण र सम्माजनक विचार र व्यवहार बढाउने ।
९ . हरेक कार्यक्रमहरुपछी तत्काल बैठक बसी संक्षिप्त समीक्षासहित आगामी कार्यक्रम तय गरेर राम्रो तयारीका साथ तिनलाई सम्पन्न गर्ने !”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु