बडा दसैँको साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दसैँको साइत सार्वजनिक गरेको छ । विजयादशमीका दिनको टीका लगाउने साइत बिहान १० बजेर ०२ मिनेटमा रहेको छ । असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जानकारी दिएको छ । समितिका अनुसार असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । विजयादशमीका दिन बिहान ७ बजेर १ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।