जितिया पर्व : प्रदेश २ मा सार्वजानिक बिदा

२०७८ आश्विन १३ गते, बुधबार


काठमाडौँ । जितिया पर्वको अवसरमा आज प्रदेश २ सरकारले सार्वजानिक बिदा दिएको छ । थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन भएकाले प्रदेश सरकारले बिदा दिएको हो । यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान तोडेका छन्। असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ।
पहिलो दिन पूजाआजा तथा विभिन्न परिकार खाएर मनाउने चलन छ। व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई मिथिलाञ्चलमा माछ मरुवा भनिन्छ ।
दोस्रो दिन महिलाहरू निराहार व्रत बस्ने र तेस्रो दिन व्रत तोडने गर्छन्। आज बिहान सूर्यलाई पूजा गरेर व्रत समाप्त भएपछि महिलाहरू एकै ठाउँमा जम्मा भएर कथा सुन्ने सुनाउने प्रचलन छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु