चट्याङ लागेर नाै जना घाइते !

२०७८ आश्विन १४ गते, बिहीबार

काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका-४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन्। चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नाै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए। तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ। तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु