विश्व बसोबास दिवस मनाँईदै

काठमाडौं । आज अक्टोबर महिनाको पहिलो सोमबार अर्थात् विश्व बसोबास दिवस । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस बर्षको नारा शहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन रहेको छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । आदि क्रियाकलाप गर्दा दिगो शहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन गर्नेगरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ । विश्वका सबै देशले बजेटको ठूलो हिस्सा शहरीकरणमा खर्च गर्दै शहरी व्यवस्थापनलाई मुख्य एजेण्डा बनाएका छन् ।