युवा संगठन सर्लाहीको अध्यक्षमा पुलामी मगर

काठमाडौँ । नेकपानिकट युवा संगठन नेपाल सर्लाहीको तेस्रो भेलाले भरत पुलामी मगरको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा सर्लाही रौतहट जिल्ला इन्चार्ज मिसन शाहीले संसदीय व्यवस्था खारेजी गरिनुपर्ने भन्दै सबै उत्पीडित वर्गको रक्षा गर्ने जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थामा सबै युवाहरु एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । भेलामा विशेष कमिटी सदस्य जनक राउतले क्रान्ति पूरा गर्न सबै नागरिकले साथ दिन अपिल गरे । कमरेड पवन महतोले क्रान्तिको नेतृत्व युवाहरुले नै गर्नु पर्ने बताउनु भयो । किसुनदेब शर्माले बैज्ञानिक समाजबादी ब्यबस्था प्राप्त नभए सम्म सबै मधेशी समुदाय लगायत सबै नागरिकले क्रान्तिलाई साथ दिनु अपिल गरे । नेकपा जिल्ला सेक्रेटरी कमल सुस्लिङले सबै निर्वाचित युवाहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थियो । युवा संगठन नेपालका केन्द्रीय सदस्य बिचारमानले सम्पुर्ण क्रान्तिकारी युवाहरुको नेतृत्व गर्न हाम्रो युवा संगठन तयार रहेको बताउनु भयो । भ्रष्टाचार,कालाबजारी,सुदखोर,माफियाहरुको अन्त्य गर्न युवाहरु तयार हुन पर्ने बताउनु भयो । संसदवादी दलालहरुले कमिसनको लोभमा एमसिसि नेपालमा भित्र्याएर नेपाललाई गुलाम बनाउनु खोजेको आरोप लगाउनु भयो । भेलाको अध्यक्षता भरत पुलामीले गरेको थियो । स्वागत मन्तव्य तारा लामाले राखेको थियो ।भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर,अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य किसुनदेब शर्मा,अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक अर्पन पौडेल लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो ।