युवा सङ्गठन रुकुम पश्चिमको अध्यक्षमा बिबेक बिश्वकर्मा

२०७८ आश्विन २१ गते, बिहीबार


काठमाडौँ । युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) को चौथो जिल्ला सम्मेलनले विवेक विश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा महेश बस्नेत, सचिवमा शिव रसाइली, सह–सचिवमा रमेश मल्ल र कोषाध्यक्षमा प्रतिभा पौडेललाई सम्मेलनले निर्वाचित गरेको छ । त्यस्तै किरण, रवीन्द्र, राजन, राजकुमार, दिपक, निरुता, टेकबहादुर, लालु, पृथ्वी, श्वयमप्रकाश, भुपेन्द्र, पुष्पकमल, रोशन, दिपेन्द्र, मोहन, खिमप्रकाश, अरुण र भरतलाई सम्मेलनले जिल्ला समितिमा निर्वाचित गरेको छ ।
दलाल संसदीय व्यवस्थाको विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन – जुझारु सङ्गठन निर्माण र वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ असोज १९ गते उद्घाटन भएको कार्यक्रम असोज २० गते सम्पन्न भएको छ । युवा सङ्गठन नेपालको चौथो जिल्ला सम्मेलनलाई नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले उद्घाटन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार