पचली भैरवको घ्याम्पो जात्रा शुरु

२०७८ आश्विन २५ गते, सोमबार

काठमाडौं । काठमाडौंको टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी घ्याम्पो जात्रा शुरु भएको छ ।
दशैंको चौथो र पाचौं दिन मनाइने यो जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ । सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ ।
मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ । वर्ष भरि सर्वसाधरणको दर्शनका लागि भैरवको घ्याम्पो त्यहीँ राख्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार