बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०७८ कार्तिक ७ गते, आईतवार


काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।
मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकालाई भोलि खुवाउन सकिने छ ।
मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएकोमा यस वर्ष त्यो मितिमा दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । यसअघि पहिलो चरणमा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । ६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सादेखि खुवाउन थालिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार