दलित मुक्ति मोर्चा भक्तपुरको अध्यक्षमा भाइराजा

२०७८ कार्तिक १४ गते, आईतवार


काठमाडौँ । दलित मुक्ति मोर्चा, नेपाल भक्तपुरको पाँचौ जिल्ला सम्मेलनले अध्यक्षमा भाइराजा बाबु नेपाली, उपाध्यक्ष दीपक नेपाली, सचिव कृष्ण नेपाली, कोषाध्यक्ष नक्कलबहादुर नेपाली, सचिव लीला नेपाली, सदस्यहरू सुनीता सुनार, नर विक, कुमार नेपाली, शंकर नेपाली, बद्री नेपाली र कल्पना बयलकोटी चयन गरेको छ । दलित मुक्ति मोर्चाका ज्येष्ठ सदस्य भाइराजा बाबु नेपालीको अध्यक्षतामा बसेको बैठकले नयाँ पदाधिकारी चयन गरेको हो ।
“आधुनिक जातीय विभेदका विरुद्ध जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गरौँ । दलित मुक्ति मोर्चा, नेपालको पाँचौ जिल्ला सम्मेलन सफल पारौँ” भन्ने नाराका साथ दलित मुक्ति मोर्चा, नेपाल भक्तपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको बताएको छ ।
बैठकमा दलित मुक्ति मोर्चा, नेपालका महासचिव तथा पार्टी केन्द्रीय सदस्य रामलाल विक प्रमुख अतिथि, भक्तपुर जिल्ला सेक्रेटरी विजयसिंह, दलित मुक्ति मोर्चाका ब्युरो संयोजक गोपाल परियार, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य प्रवेश रुम्बा, अनेमसङ्घ क्रान्तिकारी भक्तपुर संयोजक सुस्मिता नेपाली, टे«ड युनियन महासङ्घ भक्तपुर जिल्ला अध्यक्ष सुमन बस्नेत, जनपत्रकार सङ्गठन भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र रौले लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनमा भाइराजा बाबु नेपालीले प्रगति प्रतिवदेन पेश गरेका थिए । रामलाल विकले प्रशिक्षण चलाएका थिए । नेपालमा नयाँ खालको क्रान्तिको कुरा उठ्दै आएको त्यो क्रान्ति नेपाल कम्युनिस्ट पार्टीले मात्र पूरा गर्न सक्ने रामलाल विकले बताए । राज्यका अन्य निकाय त निकम्मा थिए नै न्यायालय पनि भद्रगोल भएको उनले टिप्पणी गरे । यस्तै भक्तपुर जिल्ला सेक्रेटरी विजयसिंहले भक्तपुरमा ठूला धनाड्य, भुमाफियाका कारण दलितको उठिबास भएको बताए । ‘नियतबस, योजबनाबद्ध रुपमा दलितको उठिबास गर्न खोजिदैछ ।’ सिंहले भने, ‘मागेर अधिकार प्राप्त हुँदैन । खोसेर लिनुपर्छ ।’ साथै दलित मुक्ति मोर्चा, नेपालको नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै पार्टीले सहयोग दिने बचन पनि दिए । दीपक नेपालीले सञ्चालन गरेको कार्यक्रममा भाइराज बाबु नेपालीले अध्यक्षता गरेको थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार