दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन कार्तिक २७ देखि

२०७८ कार्तिक २२ गते, सोमबार


काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन कार्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा हुने बताइएको छ ।
“सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नाराका साथ कार्तिक २७ गते धनगढीमा हुने उक्त सम्मेलनको उदघाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । सम्मेलन सम्बन्धी राजनीतिक–वैचारिक, सङ्गठनात्मक, प्रचारात्मक र व्यवस्थापकीय तयारी अन्तिम चरणमा तिव्रतामा भैरहेको आयोजकले जनाएको छ । सो सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक र प्रवास भारतबाट गरि करिव ३५० जनाको उपस्थिति हुनेछ । विभिन्न राजनीतिक पार्टी निकट दलित संघ–सङ्गठनहरु र भारतीय दलित सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको छ ।
उक्त सम्मेलनमा दलित मुक्ति आन्दोलनको समिक्षा सहित नयाँ विचार, राजनीतिक कार्यदिशा, सङ्गठनको नयाँ नाम र संरचना, नीति–कार्यक्रम एवं संघर्षको स्वरुपबारे बहस र संश्लेषण हुनेछ । दलित समुदायमाथि राज्यद्धारा हजारौं वर्षदेखि हँुदै आएको विभेद, शोषण, दमन, उत्पीडन र बहिस्करण विरुद्ध संघर्षरत यस मोर्चाले अहिलेको दलाल संसदीय व्यवस्थामा आमूल परिवर्तन गरि वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र यो समुदायको पूर्ण मुक्ति संभव हुने भन्दै यसका लागि कम्युनिष्ट पार्टीको नेतृत्वमा वर्गसंघर्ष र एकीकृत दलित आन्दोलन आजको अपरिहार्य आवश्यकता रहेको मोर्चाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार