नेपाल बन्दकर्ताद्वारा सडक सफाई , जेब्राक्रसिङ निर्माण र रङ रोगन

२०७८ कार्तिक ३० गते, मंगलवार


काठमाडौँ । पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण दाङका घोराही, तुलसीपुर,लमही, भालुवाङ लगायतकासडक सुनसान भएका छन । दाङमा आज बिहानैदेखि छोटो तथा लामो सवारीका साधनका गाडीहरु चल्न सकेका छैनन् भने बजार क्षेत्रसमेत सुनसान रहेको छ । बन्दमा अत्यावश्यक ढुवानीका साधन , बिरामी बोक्ने एम्बुलेन्स र पानी बोक्ने गाडीलाई चल्न दिएको र त्यो बाहेक सबै बन्द रहेको नेकपा दाङले जनाएको छ ।
यसैबीच , नेपाल बन्दमा नेकपा दाङले रचनात्मक कार्य गरेको छ । नेकपा दाङले नेपाल बन्दको क्रममा सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेको छ । सो पार्टीका हेमन्त प्रकास वलीले राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको बताए। ‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ उनले भने, ‘मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ।’
बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए।लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए।

प्रतिक्रियाहरु

[anycomment]