आगलागीवाट तीन बालक मृत्यु !

२०७८ मंसिर ७ गते, मंगलवार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हेलम्बु गाउँपालिका सरसिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको जनाएको छ । सन्च तामाङको ढुङ्गा माटो र टिनले बनेको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सन्च तामाङको छोरा ६ वर्षीय मनोज तामाङ, सुकुमान तामाङको छोरा ५ वर्षीय मनिस तामाङ र साईला तामाङको छोरा ५ वर्षका दिल बहादुर तामाङ रहेका छन् । बालकहरु गोठमा खेलीरहेकोअवस्थामा सुकेको पातबाट आगो सुरु भएको बताईएको छ । स्थानीय र प्रहरीको सहयोगमा राती आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार