आज बालाचतुर्दशी : पितृहरुको सम्झनामा सतबिज छरिदै

२०७८ मंसिर १७ गते, शुक्रबार

काठमाडौं । आज मार्ग कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्व । आज दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाइदैछ । पुशपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको भिड लागेको छ । बालाचतुर्दशी पर्वको पूर्वसन्ध्यामा हिजो साँझदेखि नैं पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । हिजो त्रयोदशीका दिन बेलुकीदेखि दिवंगत पितृका नाममा भक्तजनहरू अखण्ड दीपदान गरी बसेका थिए । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा सतबीज छरेका हुन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजनहरु पशुपति आउँछन् । आफ्नो परिवारभित्र दिवंगत व्यक्तिको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ । सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो पर्छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार