जनप्रतिनिधिकै नेतृत्वमा काठ तस्कर !

काठमाडौं । ढकारी गाउँपालिका अछाममा जनप्रतिनिधिकै नेतृत्वमा काठ तस्कर भएको छ। गत महिनाको १३ गते राति ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको नेतृत्वमा २७ क्यु फिट काठ ट्रयाक्टरमा लोड गरी लैजाने क्रममा ढकारी गाउँपालिका वडा नं ५ स्थित ज्ञान मन्दिरबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। काठ तस्करीको सुचना पाए पछि जिल्ला वन कार्यालयको टोलीले काठ लोड गरिएको गाडीसहित गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा दोषी देखिएका पालिका अध्यक्ष धनबहादुर बुढासहित गगन साउद र खगेन्द्र थापा तिन जना अभियुक्त फरार रहेको हुँदा उनिहरुलाई पक्राऊ पुर्जी जारी गरीएको कुरा डिभिजन वन अधिकृत भोजराज शर्माले जानकारी दिए । उनले अनुसन्धानको क्रम जारिनै रहेकाले थप जानकारी अनुसन्धान सकिएर पछि दिने बताए ।
वन संरक्षणको जिम्मेवारी पाएको स्थानिय सरकारका प्रमुखहरुनै यसरी तस्करीमा मुछिदा स्थानीयलाई चिन्ता बढेको छ। जनप्रतिनिधिकै संलग्नतामा निरन्तर काठ तस्करी भइरहेको स्थानीयले दाबी समेत गरेका छन् । – कमल विक