रूपन्देहीको देवदहस्थित चरङ्गेमा जागरण अभियान सुरु

२०७८ पुष ४ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको मजदुर जागरण अभियान अन्तर्गत रूपन्देहीको देवदहस्थित चरङ्गेमा जागरण अभियान सुरु भएको छ । अभियान अन्तर्गत बुटवल औद्योगिक क्षेत्रका कुहिनुर उद्योग, लुम्बिनी बिद्युतको संयुक्त भेला गरि कार्यक्रमको उद्घाटन गरिएको हो । अभियानको उद्घाटन गर्दै नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले जनमतसङ्ग्रहको पक्षमा जिल्लाका सम्पूर्ण मजदुरहरूलाई सङ्गठित गर्दै वैज्ञानिक समाजवादको पक्षमा जागरण पैदा गर्न आवश्यक भएको बताए । उनले दलाल संसदीय व्यवस्थाबाट मजदुर वर्गको मुक्ति असम्भव रहेको भन्दै उनीहरूको अतिरिक्त शोषण गरेर पुँजीपति वर्गले नाफा कमाएको बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव श्याम सेन्चुरीले औद्योगिक कारखानाहरूमा सरकारले ‘नो वर्क नोपे’ को नीति लागू गरेर मजदुरमाथि अन्याय गरेको भन्दै त्यसको विरुद्ध सङ्गठनले सङ्घर्ष गर्ने बताए । उनले मजदुरहरूले समयमा र न्युनतम् तलब भत्तासमेत नपाएको, मजदुरहरूको भौतिक सुरक्षा नभएको र बिनाकारण मजदुरहरूलाई कारखानाबाट निकालिएको आदि समस्याविरुद्धले सङ्घर्ष गर्ने बताए ।
कार्यक्रममा नेकपा २ नम्बर कमान्ड इन्चार्ज हिमाल, अखिल क्रान्तिकारी औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भिम पौडेल सङ्गठनका केन्द्रीय सदस्य देबराज ओली, सञ्जय ओलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गङ्गामान थापाले र सञ्चालन सरोज चौधरीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार