पुँजीवादी राज्यव्यवस्थाका कारण किसान दिन–प्रतिदिन शोषित–पीडित !

२०७८ पुष ७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले असफल दलाल पुँजीवादी राज्यव्यवस्थाका कारण देशका किसानले दिन–प्रतिदिन शोषित–पीडित हुनुपरेको र यी सबै समस्याको निकास वैज्ञानिक समाजवादी व्यवस्थाले गर्ने बताएका छन । अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ केन्द्रीय समितिको आयोजनामा कञ्चनपुरमा राष्ट्रिय किसान जागरण अभियान २०७८को
उद्घाटन गर्दै नेता महानले सो कुरा बताएका हुन्। नेता महानले सबै श्रमजीवी किसानहरूलाई जागृत गरेर यो संसदीय व्यवस्थाको विरुद्ध सशक्त सङ्घर्ष गर्ने मोर्चाका रूपमा खडा गर्नुपर्ने बताउदै वैज्ञानिक समाजवाद स्थापना गर्न किसानहरूको महत्वपूर्ण भूमिका रहने बताए। उनले अभियान सशक्त र प्रभावकारी तरिकाले अघि बढोस् भन्ने शुभकामनासमेत दिएका थिए ।
यसैगरी , किसान सङ्गठनका केन्द्रीय उपाध्यक्ष कालीबहादुर शाहीले सङ्गठनले एकीकृत जनक्रान्तिको कार्यदिशालाई वैज्ञानिक समाजवादसम्म पु¥याउन र सङ्गठनको कार्यनीतिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको बताए । जागरण अभियानमार्फत आमकिसानलाई जागृत गरेर समाजवादी जनमत तयार गर्नका लागि अभियानले प्रभावकारी भूमिका निर्वाह गर्ने उनको विश्वास थियो ।
त्यस अवसरमा नरेन्द्र राना क्षेत्रीको नेतृत्वमा किसान महासङ्घको १३ सदस्यीय जिल्ला समिति पनि गठन गरिएको छ ।
अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम संयोजक राम सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी र जवसका नेताहरू अतिथिका रुपमा सहभागी थिए भने सङ्गठनका डोटी जिल्ला संयोजक चन्द्र बोहोराले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार