MCC खारेज अभियान संयुक्त संघर्ष समितिको बैठक सम्पन्न(भिडियोसहित)

२०७८ पुष ११ गते, आईतवार


काठमाडौँ । MCC खारेज अभियान, नेपाल, संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक नारायण शर्माको पहलमा आयोजित देसका MCC विरोधी विभिन्न राजनैतिक दल, संघसंस्था, अभियान-समाज र अभियन्ताहरुको संयुक्त बैठक यही पौष १० मा काठमाडौको त्रिपुरेश्वरमा बस्यो । बैठकमा सहभागी सबै प्रतिनिधि व्यक्तित्वहरुलाई स्वागत र सम्मान गर्दै संयोजक नारायण शर्माद्वारा संचालन गरिएको यो बैठक एक विशिष्ट दिनमा आयोजना गरिएको थियो ।
गत बर्ष आजकै दिनमा नेपाली सर्वहारा आन्दोलनका आदरणीय अग्रज एवं MCC खारेज अभियान, नेपाल २०७६ लगायत कैयौं सामाजिक र राजनीतिक संघसंस्था र संगठनका संस्थापक अभिभावक शशि शेरचन (स्वनाम साथी) को दुखद निधन भएकै दिन पारेर उहाँको स्मरण, श्रद्धा र सलामी स्वरुप आयोजित यो बैठकमा नेपालका धेरैजसो वामपन्थी, राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरुको उपस्थिति रह्यो । “लक्ष-उद्देश्य मिल्नेजति सबै शक्ति र संस्थाहरुलाई समेटेर MCC जस्ता राष्ट्रियताका मुद्दामा संयुक्त आन्दोलन निर्माण गरेर राष्ट्र र जनहितको ध्येय-उद्देश्य सफल र सार्थक पार्नुपर्छ” भन्नेजस्ता उहाँका महान् विचार, भावना र कर्महरुलाई अवलम्बन र कार्यान्वयन गर्ने स्पिरिटका साथ बसेको यो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गरी सुसम्पन्न भएको छ ।

बैठकका निर्णय र यथार्थ सम्बन्धित सबैको जानकारीको लागि यसै प्रेस-विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ !
१. बैठकमा दुई दर्जनजती विभिन्न राजनीतिक दल, MCC खारेज अभियान, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो !
२. उपस्थित सम्पूर्ण प्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै बैठकको आवश्यकता र उद्देश्य एवं सान्दर्भिकताबारे संक्षिप्त चर्चा सहित आजकै दिनमा विस्तारित बैठक गर्नुको अभिप्राय समेत स्पष्ट पारेर बैठकका एजेन्डा र तिनको औचित्य पनि संयोजक नारायण शर्माद्वारा प्रस्तुत गरिएपछि औपचारिक रुपमा बैठक सुरु भएको थियो ।
३. नेपाल र संसारकै सम्पूर्ण शोषित-पीडित जनताको मुक्ति, प्रगति र खुसीको लागि आफ्नो जीवनको आहुती दिनुहुने देस-विदेसका सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुको सम्झना, सम्मान र सलामी स्वरुप एक मिनेट मौन धारण गर्दै शहीदहरुका अपूरा लक्ष र अधुरा सपना पूर्ण र साकार पार्ने प्रतिबद्धता र कटिबद्धता व्यक्त गरियो ।
४. समानताको सिद्धान्त विपरीत कुनै ठूलो र कुनै सानो हुने अनि कुनै माथि र कुनै तल बसेर एउटा अध्यक्ष बन्दै अरु सदस्यहरुलाई आदेश-निर्देस गर्दै अनुशासित र व्यवस्थित गर्ने बहानामा वर्ग विभाजनकारी विचार, विधि र व्यवहार विपरीत सबै समान, सचेत, स्वअनुशासित, स्वचालित र स्वव्यवस्थित हुने भन्ने स्वनाम साथीको समानता स्वतन्त्रता र सम्मानमूलक अत्यन्त उच्च विचार, बाटो, विधि र व्यवहार अनुशरण गर्दै स्वनाम स्मृति दिवसको सन्दर्भमा उपस्थित सबैको प्रतिनिधित्व गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्वनाम साथी अध्यक्ष रहिसक्नु भएको संस्था मार्क्सीय गुरुकुलका उपाध्यक्ष (हाल कावा अध्यक्ष ) क. किसन शर्मा गैरे र स्वनाम साथीकै प्रस्तावमा MCC खारेज अभियानका संयोजक बनेका नारायण शर्माद्वारा परम आदरणीय र आत्मीय कमरेड स्वनाम साथीको तस्बिरमा फूल र अवीर अर्पण गर्दै उहाँ र उहाँका सच्चा र स्वच्छ विचार र आचारलाई सम्झना, सम्मान र सलामी गरी उहाँका असल र महान विचार, भावना र कर्मलाई अवलम्बन र कार्यान्वयन गर्ने प्रण-प्रतिज्ञासहित बैठक अगाडि बढ्यो !
५. नेपाल सरकार र अमेरिकी सरकारी संस्था MCC बिच सम्पन्न अत्यन्तै असमान, अपमानजनक र अन्यायपूर्ण चरम राष्ट्रघाती, परम शान्तिघाती र अहम मित्रराष्ट्रघाती MCC सम्झौता खारेजीका लागि लड्ने क्रममा आमरण अनसन बस्नु भएकी हाम्री सशक्त स्थापित अभियन्ता तारा बरालको सम्मान, समर्थन र जीवन रक्षाका लागि उहाँका राष्ट्रहितकारी जायज माग अविलम्ब पूरा गरी वीर अस्पतालको आईसीयुमा जीवन-मरणको दोसाँधमा रहेको उहाँको अमूल्य जीवन बचाउन देउवा सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो । साथै अन्यथा भए उक्त गम्भीर र जटिल परिस्थितिको सम्पूर्ण जिम्मेवार वर्तमान असंवेदनशील, गैरजिम्मेवार र राष्ट्रघाती देउवा सरकार हुने कुराको चेतावनी दिंदै एउटा गम्भीर प्रस्ताव ( Serious Resolution ) पारित गरियो ।
६. बैठकको मुख्य एजेन्डा बनेको MCC विरुद्धको बृहत् संयुक्त मोर्चा निर्माण गरी एकताबद्ध र सशक्त निर्णायक आन्दोलन गर्ने विषयमा उपस्थित सबैजसोले आआफ्ना धारणाहरु गम्भीरता, संवेदनशीलता र जिम्मेवारी बोधका साथ राख्नुभयो र व्यापक छलफलपछि हाल आन्दोलन गरिरहेका ६+२ को एउटा मोर्चा, दर्जनौं संघसंस्था र शक्तिहरु रहेको “MCC खारेजीका लागि संयुक्त संघर्ष समिति” नामक अर्को मोर्चा र २६ दल-संस्था सम्मिलित “MCC सम्झौता खारेजी आन्दोलन” नामक एक अर्को मोर्चालगायतका दबै संयुक्त मोर्चाहरुलाई एकीकृत र केन्द्रीकृत गर्दै अन्य एकताबद्ध हुन छुटेका MCC विरोधी सम्पूर्ण शक्ति, संघसंस्था र व्यक्तित्वहरुलाई समेत समेटेर एउटै वृहत् र व्यापक संयुक्त मोर्चा निर्माण गरी सशक्त, प्रभावकारी र परिणामदायी निर्णायक आन्दोलन गर्ने निर्णय गरियो । यसको लागि आन्दोलनरत मुख्यतः ६+२, २६ र अन्य विभिन्न अलगअलग शक्ती, संस्था, समूह र व्यक्तित्वहरुसँग वार्ता गर्ने र सकेसम्म सबैलाई समेट्ने सकारात्मक निष्कर्ष निकाल्नको लागि नारायण शर्मा, साध्यबहादुर भण्डारी, भरत दाहाल, राजेन्द्र चवाल, डा. सुरेश बस्नेत, सजना रिमाल र राम राज आचार्यसहितको ७ सदस्यीय वार्ता टोली निर्माण गरियो । वार्ता टोलीले २ दिनभित्र निकालेको निष्कर्ष अनुसार तत्काल बैठक बसी अगाडि बढ्ने निर्णय गरियो ।
अन्तमा, स्वनाम साथीलगायतका महान् विचारक र महान् स्वप्नदर्शी शहीदहरुका सही र क्रान्तिकारी विचार, विधि र व्यवहार अनुसार नै MCC जस्ता सबै राष्ट्रघाती, जनघाती र क्रान्तिघाती कुकर्महरुलाई पराजित गर्नको लागि आन्दोलनलाई अझ एकीकृत, केन्द्रीकृत र सशक्तीकृत गरी प्रभावकारी र परिणाममुखी बनाउन सकिने विश्वास गर्दै राष्ट्रघाती MCC विरोधी देस-विदेसमा रहेका हामी सबै नेपाली देसभक्त शक्ति र संघसंस्थाहरुलाई एकताबद्ध भएर निर्णायक आन्दोलनका निम्ति भरपूर चेतना, असीम प्रेरणा र अदम्य साहस मिल्नेछ भन्ने अपेक्षा गरियो । साथै, यसरी नै स्वनाम साथी लगायतका विचारक र सहिद, वेपत्ता र घाइते योद्धा आदिप्रतिको सच्चा सम्झना, सम्मान र सलामी हुनेछ भन्ने संक्षिप्त समापन मन्तव्यका साथ नारायण शर्माद्वारा बैठक अन्त्य भएको घोषणा गरियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार