वैज्ञानिक समाजवाद स्थापना गर्न किसानको भूमिका अनिबार्य

२०७८ पुष १३ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलले वैज्ञानिक समाजवाद स्थापना गर्न किसानहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै किसानका समस्या समाधानका लागि एकजुट हुन आग्रह गरेका छ । नेता शितलले “दलाल भूमाफियाको सम्पत्ति राष्ट्रियकरण गर्दै वैज्ञानिक समाजवादको कार्यदिशामा अगाडि बढौँ !” भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) राष्ट्रिय किसान जनजागरण अभियान पश्चिम कमान्ड अन्तर्गत पुर्वी उप–कमाण्डको उद्घाटन गर्दै सो आग्रह गरेका हुन् । उनले सबै श्रमजीवी किसानहरूलाई जागृत गरेर यो संसदीय व्यवस्थाको विरुद्ध सशक्त सङ्घर्ष गर्ने र अभियानको रूपमा खडा गर्नुपर्ने बताउँदै आफूहरू एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा आमूल परिवर्तन गर्ने अभियानमा रहेको प्रष्ट्याए । मध्यम र उत्पीडित किसानहरूलाई पनि जोडेर देशमा अहिले आफ्नो पार्टी क्रान्तिको बाटोमा रहेको नेता शितलको भनाई थियो ।
नेता शितलले देशको व्यवस्था नबदलिँदासम्म देशमा सामाजिक उपलब्धि हात पार्न नसकिने र व्यवस्थालाई सजिलै परिवर्तन गर्न सकिने त्यसका लागि नेपाली जनतालाई एकपटक जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार दिन सत्ता तयार रहनुपर्ने धारणा राखे । वैज्ञानिक समाजवादबाट हरेकले मुक्ति पाउने नेता शितलको जिकिर थियो । साथै उनले अभियान सशक्त र प्रभावकारी तरिकाले अघि बढोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
सो कार्यक्रममा नेकपा दाङका सेक्रेटरी प्रदीप, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष कालीबहादुर शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष कालीबहादुर शाही, नेकपा दाङका सेक्रेटरी प्रदीप, नेकपा दाङका कार्यालय सदस्य किरण, सङ्गठनका केन्द्रीय सदस्य मङ्गल, नेकपा लमही नगर इन्चार्ज तथा सेक्रेटरी जनक, नेकपा राजपुर गाउँपलिका इन्चार्ज उज्वल, नेकपा गढवा गाउँपालिका इन्चार्ज महान, नेकपा राप्ती गाउँपालिका इन्चार्ज विजय, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सुरज, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष अमर लगायतको उपस्थिति रहेको थियो ।
भीमबहादुर बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता सङ्गठनका केन्द्रीय सदस्य केशव थापा रहेका थिए भने कार्यक्रमको सहजीकरण सङ्गठनका केन्द्रीय सदस्य पोषणले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार