जिप्रका सिराहाद्वारा राजमार्ग क्षेत्रमा निषेधाज्ञा

२०७८ पुष १३ गते, मंगलवार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले जनमत पार्टीले आइतबारदेखि सिरहामा गरेको चक्काजाम र आन्दोलन लम्बिँदै गएपछि मङ्गलबार र बुधबार गरी दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार अबेर राति सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै पूर्वपश्चिम लोकमार्ग र सिरहा–चोहर्वा सडक खण्डको पाँच सय मिटर दायाँबाया लागु हुने गरी पुस १३ र १४ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको लागि निषेधित क्षेत्रमा हिँड्डुल, पाँच जनाभन्दा बढी भेला हुन नपाउने, कुनै किसिमको भेला, सभा तथा जुलुस गर्न नपाउने आदेश जारी गरेको छ ।
निषेधाज्ञामा पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राईजेज (पेट्रोल पम्प) सम्म तथा उक्त दुवै लोकमार्ग र सहायक लोकमार्गदेखि वरपरको पाँच सय मिटर आसपासका क्षेत्रलाई निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निजी सचिवालयद्वारा जारी सूचनामा सबै क्षेत्रमा यातायात भने सुचारु रहने तथा आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ । औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको वीऊ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले उक्त कार्यमा संलग्न केही किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले गत आइतबारदेखि आन्दोलनको घोषणा गरेको थियो ।

जनमत पार्टीले पक्राउ परेका किसानलाई विनासर्त रिहाईको माग गर्नुको साथै किसानहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार