पश्चिम नेपालमा वर्षा र हिमपात

२०७८ पुष २२ गते, बिहीबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ । बाग्मती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागको भनाइ छ । विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा तराइका केही क्षेत्रमा हल्का वर्षा हुने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । वर्षा र हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार