सांकेतिक संघर्षमा मजदुर संघ

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले सांकेतिक संघर्ष सुरु गरेको छ। हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका R.M. Chemical Nepal PVT. LTD. का महाप्रबन्धक बिरेन्द्र सिंहको ज्यादती र मनोमानी विरुद्ध प्रदर्शन गरेको हो। सिंहले उक्त कम्पनीमा कार्यरत श्रमिक कुल प्रसाद गौतमलाई विना कारण गैर न्यायिक गरेका थिए। निलम्बन गर्नु अगाडि देखि नै गौतम प्रती अभद्र व्यवहार गरिरहेका थिए। विना कारण नानाथरीका गाली सहनु परेको थियो। यसरी लामो समय देखि पीडित गौतमलाई पछिल्लो समयमा आएर निलम्बन समेत गरियो। यसरी विना कारण खेप्नुपरेको अन्यायको विरुद्ध मजदुर वर्गको हक, हित र अधिकार सुनिश्चित गर्नका लागि मजदुर संघ संघर्षरत छ। विना कारण निलम्बन गरिएको गौतमको सम्पुर्ण कार्वाही फिर्ता लिएर पुन स-सम्मान काममा लगाउन अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले शुक्रबार मजदुर कार्यलय अगाडि प्रदर्शन गरेको थियो। सो प्रदर्शन सांकेतिक मात्रै भएको यदि माग पूरा नभएको खण्डमा थप संघर्षनात्मक कदम चाल्ने चेतावनी पनि दिएको छ।