नेकपा काभ्रेद्वारा जनजागरण अभियान

२०७८ पुष २५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेको आयोजनामा जनजागरण अभियान अन्तर्गत जनमतसङ्ग्रह, महँगी, भ्रष्टाचार र राष्ट्रघातको बिरोधमा सामना जनजागरण अभियान सुरु भएको छ । अभियानले जनयुद्धको ऐतिहासिक ठाउँ महाभारत गाउँपालिका वडा नम्बर ४ महाँदेवटार, महाभारत गाउँपालिका वडा नम्बर ३ सानो पोखरा, महाभारत गाउँपालिका वडा नम्बर ६ बन्खु, महाभारत गाउँपालिका वडा नम्बर १ गोकुले धापमा जनसभासहित केन्द्रीय सामना परिवारको सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका काभ्रे जिल्ला सेक्रेटरी प्रताप तामाङले दलाल संसदीय व्यवस्था ध्वस्त गरि वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिबद्धतासहित एकीकृत जनक्रान्तिमा लामबद्ध हुन महाभारतका जनतालाई आह्वान् गरे । अभियान टोलीले सङ्गठन निर्माण, भित्तेलेखन, जनभेटघाट, छलफल आदि गरेको थियोे । अभियान टोली २६ जनाको रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार