सिरहामा जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान तीब्र

२०७८ पुष २८ गते, बुधबार


काठमाडौँ । जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान भब्य रुपले सफल पारौँ भन्ने मुल नाराका साथ सिरहाको गोलबजार–४ चोहर्बामा अभियान तीब्र पारिएको छ । चोहर्बामा सुरेश कुमार मोचीको संयोजत्वमा २५ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको सोमनी देबि रामको संयोजत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । गोलबजार–८ मुसरी टोलमा शिव कुमार सदाको संयोजत्वमा १७ कमिटी युवा सङ्गठन नेपालको मुसरी टोल इकाई कमिटी गठन गरिएको छ । मुसरी टोल र चोहर्बामा २०७८ पुष २७ गते २ ठाउँ जनभेला गरिएको थियो ।
जनभेलामा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख बिचारमान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य अबिनास, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य राजु, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य भरत पुलामी, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य प्राणकुमार लामा, युवा सङ्गठन नेपालका सप्तरी जिल्ला संयोजक ज्योतिष लगायतको उपस्थिति रहेको जनभेलामा अबिनास, राजु, भरत पुलामी, लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम ज्योतिषले सञ्चालन गरेका थिए ।


मुसहर बस्तीको भेलामा राजुले मुसहर बस्तीबाट पनि एकीकृत जनक्रान्तिमा सङ्गठित हुन अपिल गरे । संसदीय व्यवस्था र चुनाबले मुसहरको अधिकार कहिलै सुनिश्चित नगर्ने बताए । अबिनासले दलाल भ्रष्टाचारीहरूको पन्जामा देश रहेकोले अब एकजुट भएर जनमतसङ्ग्रहको माध्यामबाट दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहको चुनावमा जानुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार