बालकुमारी मन्दिरको मुर्ति चोरी

काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ। मूर्ति शनिबार राति चोरी भएको हो। मूर्ति चोरी भएको घटना आइतबार बिहानमात्रै थाहा भएको थियो। मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो। मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए।यो मूर्ति करिब तीन सय वर्ष पुरानो रहेको बताइरहेको छ।