जनपत्रकार सङ्गठनद्वारा पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई ज्ञापन पत्र

२०७८ माघ १५ गते, शनिबार


काठमाडौँ । जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई मर्यादित , अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा ५ बुँदे ज्ञापनपत्र बझाएको छ । उक्त ज्ञापनपत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्थान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुँदा आफ्नो नीति निर्णयमा लागू गरि अगाडी बढ्ने र यसमा सबै पत्रकार साथीहरूले साथ दिनुपर्ने बताए ।
ज्ञापनपत्र पेस गर्दै जनपत्रकार सङ्गठन नेपालका प्रदेश अध्यक्ष प्रकाश थापाले पत्रकार महासंघ भनेको सबैको साझा सङ्गठन भएकोले हामीले उठाएका एजेण्डालाई कुनै पुर्वाग्रह ढङ्गले नहेरी कार्यान्वयन गर्नुपर्ने बताए । सो सन्दर्भमा आफ्नो भनाइँ राख्दै प्रदेश सचिव धर्मसिंह विकले यो प्रदेशभित्र पनि नेपाल सरकार र भारतीय सरकारको सुराकी भई दलाली गर्ने पत्रकारलाई पत्रकार महासंघले तु कारवाही गर्नुपर्ने बताए ।
ज्ञापनपत्र पेस गर्दा प्रदेश अध्यक्ष प्रकाश थापा, सचिव धर्मसिंह विक, सदस्यहरू राजन जैगडी, पुष्पा साउँद र भरत दासलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कैलाली, कञ्चनपुर, डडेल्धुरा र अछाम जिल्ला समितिले पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ज्ञापनपत्र बुझाएको छ ।
जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएका बिषय यस प्रकार रहेको छ –
१) श्रमजीवी पत्रकारहरूको न्युनतम् पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिडका कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस् ।
२) सदस्यहरूको शुद्धीकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाइयोस् । पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस् ।
३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् ।
४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्यवन गर्न संस्थागत पहल गरियोस् ।
५) पत्रकारहरूको वृद्घि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार