भ्रष्ट सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो !

२०७८ माघ १८ गते, मंगलवार


काठमाडौँँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले भ्रष्ट सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेर कारबाही गरेको । ससो पार्टीले पचमुडिया सव डिभिजन कार्यालय कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलाई उपभोक्ता समितीसंग मिलेमतो घुस लिने, भ्रष्टचार गर्ने र बन समितिसंग मिलोमतो गरी अस्वाभाविक तवरले बन फडानी गर्ने गरेकाे साथै आफ्नो पद विपरीत अमर्यादित कार्यहरू गर्दै आएको जनगुनासो आएपछि कालोमोसो दालेर कारबाही गरिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कैलालीले सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेर कारबाही गर्नुका कारणहरु यसप्रकार रहेको जनाएको छ: –
१) उपभोक्ता समिति संग घुस लिने गरेको ।
२)बन समिति संग मिलोमतो गरि अस्वभाविक बन फडानी गर्ने गरेको ।
३)सरकारि कर्मचारी भएर खुलेआम पार्टीको प्रचार प्रसार गर्दै पदिय मर्यादा बिपरित कार्य गरेको ।
४)बिगतमा काम गरेका ठाउँहरुबाट भ्रष्टाचार गरेको अत्यधिक जनगुनासो आएकाले।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु