जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ गण्डकी प्रदेशलाई ज्ञापन पत्र

२०७८ माघ २१ गते, शुक्रबार


काठमाडौँँ । जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलाई ज्ञापन पत्र बुझाएको छ।
सो संगठनले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तथा पेशागत सुरक्षा हुनु पर्ने,लगायतका महासंघ सुधारका विभिन्न माग राख्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोबिन्द सुवेदी लाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउदै जनपत्रकारका केन्द्रिय सदस्य एबम् गण्डकी प्रदेश संयोजक केबि गाउँले पत्रकारहरुका अधिकारलाई कार्यान्वयन गर्न र गराउनका लागि महासंघको ध्यानाकर्षण गराएका थिए । उक्त ज्ञापन पत्रमा गण्डकी प्रदेशका पत्रकारहरुको माग र क्षमता वृद्धिको लागि सरकारले दिने सेवासुबिधा न्यायोचित रुपमा बितरण गर्नुपर्ने कोरोनाका कारण ज्यानगुमाउनु भएका पत्रकार हरुका परिवार र बाल बच्चालाई निसुल्क रुपमा पढाउनु पर्ने मागसमेत गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव सुबेदीले भने आफुले पत्रकार हरुको हकमा सहयोग गर्दै आएको र फेरीपनि यस्ता माग हरु प्रर्ती आफु सकारात्मक रहेको बताएका थिए । पत्रकारहरुले स्वतन्त्र भएर नै पत्रकारीतालाई राम्रो र मर्यादित बनाउन सक्नु पर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले पत्रकारको बिकास र क्षेमता वृद्धिकालागि करिब ५५ लाख रुपैया बिनियोजन भएको बताउदै महासचिव सुबेदीले गण्डकी प्रदेश भरिका प्रदेशका जिल्ला स्थित पत्रकार महासंघमार्फत पत्रकार हरुको क्षमता अभिवृद्धिका लागी तालीम दिने कार्यक्रम रहेको पनि बताए । पत्रकार हरु स्वतन्त्र हुनुपर्छ र राजनीति रंगमा गलत काम गर्ने ट्रेन्डको अन्त्य हुनुपर्ने महासचिब सुबेदीले बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु