एमसीसीविरुद्ध अछाममा प्रदर्शन

काठमाडौं । एमसीसी सम्झौता र पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएकाे मुल्यवृद्धिविरुद्ध नेकपासहित विभिन्न तिन दलले अछामको कमलबजारमा बिरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, मोहनवैद्य नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी) र आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको सम्युक्त बिरोध सभा सभालाई संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नरहेको बताए । उनले अमेरिकि साम्राज्यबादले नेपालमाथि बेलाबेला हस्तक्षेप गरिरहेको भन्दै उनले एमसीसी परियोजना नेपालकाे राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि गंभिर खतरा निम्त्याउने स्पष्ट रहेको बताउदै । यस्तो रास्ट्रघाती परियोजनालाई देशभक्त जनताले कुनै हालतमा नस्वीकार्ने बताए । उनले एमसीसीकाका विरुद्ध सम्पुर्ण देशभक्त नागरिक एकजुट भएर लडन आग्रह समेत गरे । राज्यका दलालहरुले रास्ट्रघाती एमसीसी परियोजना जनतालाई भुलाएर लागु गर्न खोजेको भन्दै पास गर्ने दुसाहस नगर्न चेतावनी समेत दिए। साथै पेट्राेलियम पदार्थमा भएकाे मूल्य वृद्धिका कारण आम दैनिक उपभोग्य वस्तुको मूल्य बढीरहेको हुँदा सर्बसाधारण जनतालाई जीवनयापनमा समस्या पारिरहेको र त्यसलाई तत्काल फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।
त्यस्तै अर्का वक्ता नेकपा (क्रान्तिकारी माओबादी) जिल्ला कमिटी सचिव शिवराज बजगाई (सितल) ले राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गर्ने दलालहरुले आफनो भविष्यको हेक्का राख्न चेतावनी दिए।
त्यस्तै अर्का वक्ता वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल सुदुरपश्चिम प्रदेशका संयोजक पुष्प भण्डारीले नेपाली जनतालाई पुरानो तरिकाले झुक्याउन नसकिने बताउदै नेपाली जनताले दलालहरुलाई परास्त गरिछाड्ने बताए ।
कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेन्द्र बहादुर शाहीले गरेका थिए । – कमल विक