किच्चकवध मेला नलाग्ने

२०७८ फाल्गुन ३ गते, मंगलवार


काठमाडौँ । स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । विगत दुई वर्षदेखि कोरना महामारीका कारण मेला रोकिएको छ । मेलामा भारतको विहारका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट भक्तजनहरु श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न र मेला भर्न आउने गरेका थिए । किच्चकवध धार्मिक ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिले यही फागुन १ गते नै यही ४ गते स्वस्थानी पूर्णिमाको दिन लाग्ने किच्चकवध मेला विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभावका कारणसरकारको निर्णयअनुसार नलगाउने व्यहोरासहितको सूचना जारी गरेको थियो ।
भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध महाभारतकालीन कथासँग जोडिएको तर प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुरको पृथ्वीनगर क्षेत्रको १० बिघा क्षेत्रफलमा फैलिएको यस तीर्थस्थलमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।
हिन्दू र किरात समुदायको साझा तीर्थस्थलका रुपमा यसलाई चिनिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु