नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि, बन्दकर्ताहरु बिहानैदेखि सडकमा

२०७८ फाल्गुन ४ गते, बुधबार


काठमाडौं । राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ। नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच दलको संयुक्त आयोजनामा आह्वान गरिएको थियो। केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द सफल पार्न मकवानपुरमा पनि हिजो नेकपा सहित अन्य आठ दल र दुई मोर्चाको संयुक्त बैठक बसिएको थियो। बैठकको निर्णय अनुसार राष्ट्रहित विपरीत रहेको एमसिसी सम्झौता विरुद्धको नेपाल बन्द सफल पार्न सम्पूर्ण बन्दकर्ता बिहान देखी नै सडकमा उत्रिएका छन्।
बन्दको समयमा हेटौँडा बजारमा भएका सम्पूर्ण व्यापार, व्यवसाय बन्द हुनुका साथै स्कुल, कलेजका सबै पाठनपाठन ठप्प रहेको छ। संयुक्त संघर्ष समितिले गरेको नेपाल बन्दको आह्वानलाई स्वीकार गर्दै सवारी चालकले पनि आफ्ना सवारी साधन नचलाएर बन्दको समर्थन गरेका छन्। हाम्रो राष्ट्र, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता माथिको अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको विरुद्ध नेपाल बन्दको आह्वान गरिएको हो। कुनै पनि हालतमा राष्ट्रघाती सम्झौता अनुमोदन नगर्न र नगराउन संयुक्त संघर्ष समितिले कडा चेतावनी दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु