एमसीसीविरुद्ध भण्डाफोर तथा सडक संघर्ष !

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जबसमार्चाले एमसीसीविरुद्ध भण्डाफोर तथा सडक संघर्षको उद्घोष गरेका छन। मोर्चाको बिहीबार दाङ्गको घोराहीमा सम्पन्न बैठकले एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तक्र्रिया र सडक संघर्ष गर्ने जस्ता थुप्रै निर्णयहरु गरेको बतैएको छ । युवा संगठन नेपाल दाङ, अखिल (क्रान्तिकार) दाङ, अनेम संघ (क्रान्तिकारी)दाङ, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ दाङ , श्रमीक समुदाय मोर्चा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ र राष्ट्रिय थारु मुक्ति मोर्चा दाङको संयुक्त रुपमा बसेको बैठकले सबै जबस÷मोर्चाहरुले जिल्लास्तरमा संगठनात्मक र राजनैतिक अभियान सञ्चालन गर्ने, अन्तक्र्रिया, छलफल र कोणसभा गर्ने, सदस्यता ब्यापक वितरण गर्ने, चैत्रमा जिल्ला सम्मेलन गर्ने, पालिकास्तरीय भेलाहरु गर्ने, वडा कमिटी, टोल इकाई कमिटी गठन गर्ने, एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तक्र्रिया र सडक संघर्ष गर्ने, भष्ट्राचारी, महंगी एवं सामाजिक विभेदको विरुद्ध सघर्ष गर्ने, पालन, उत्पादन संगठनले गर्ने, युवा, मजदुर, विद्यार्थी, महिला, थारु, किसान, श्रमिक समुदायको हक अधिकार र यो भित्रको विकृति, विसंगति विरुद्ध संघर्ष गर्ने निर्णयहरु गरेको हो ।बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीप वलीले नयाँ मोडेल अनुसार पार्टी अगाडि बढेको बढाएको बताए । उनले पार्टीको छौठौंपूर्ण बैठकका निर्णयहरुको बारेमा ब्रिफिङ गर्र्दैै एमसीसीको विरुद्धमा कडा संघर्ष गर्नुपर्नेमा जोड दिए ।बैठकको प्रमुख अथिति समेत रहेका पार्टीका सक्रेटरी प्रदीपले एमसीसी परियोजना आफैमा राष्ट्रघाती भएको हुँदा त्यसको विरुद्ध उच्च तयारीको अबस्थामा बस्नुपर्ने र पार्टीको सडक संघर्षका कारणले गर्दा अहिले सत्तामा पनि पक्ष र विपक्षमा उभिरहेको हुँदा सो परियोनाको बिरोधमा सडक व्यापक जनता पनि उत्तार्नु पर्ने अवस्था आइसेको उद्घोष गरे ।पार्टीले दाङमा बन्दको समयमा संघर्ष र रचनात्मक काम गरेको उल्लेख गर्दै घोराही सडक सरसफाई तथा जेब्राक्रसिङमा पेटिङ गरेको र तुलसीपुरमा पनि शिक्षक संगठनले सरसफाई गरेर देशभरी नयाँ मोडेल सन्देश दिएको उनले उनको भनाइ थियो ।पार्टीको विधि र पद्धति अनुशासन भन्दा बाहिर रहेर काम गरियो भने अन्ततः भुइमा पछारिने भएकाहुँदा पार्टीको विधि र पद्धतिमा रहेर काम गर्नुपर्ने र अहिले पार्टीले लिएको जनमत संग्रहको कार्यनीति नारालाई अभियान मार्फत जनता समक्ष पुर्याउनुपर्ने र सो अभियान परिणाममुखी हुनुपर्ने उनले जिकिर गरे ।संगठन निर्माण नै पहिलो जोड भएको फागुन अन्तिमसम्म सबै जबसका पालिकाको भेला गर्ने र चैत्रमा सबैको जिल्ला सम्मेलन गर्ने तथा अब पालिकास्तरमा पनि पालन/ उत्पादनलाई संगठनहरुले जोड दिनुपर्नेमा उनले बताए ।नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले जनबर्गीय संगठन र पार्टीको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । उनले दाङलाई अझै क्रान्तिकारीमय बनाउनका लागि आफ्नो तन र मनले अगाडि बढ्नुपर्ने भएकोले अहिलेको समय र परिस्थितिलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।युवा संगठन नेपालका केन्द्रीय सचिब तिलक योगीले झण्डै एक दशकको परिस्थितिमा पार्टी कस्तो भइरहेको भन्ने कुरा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।पार्टीको कार्यदिशा, रणनीति, लक्ष्य, उद्देश्य र कार्यक्रमहरु राम्रा भएकोहुँदा अहिले देश र नेपाली जनताले हामीलाई हेरिरहेको परिपेक्ष्यमा पार्टी तथा संगठनका जिम्मेवारी गहन भएर पूरा गर्नुपर्नेमा विशेष जोड दिए ।
जनबर्गीय संगठन पार्टीको एउटा अभिन्न अंग भएको हुँदा संगठनका नीति, विधि र पद्धति अनुसार काम गर्नुपर्ने समेत उनले प्रष्ट पारे ।नेपाली जनता र नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा नभएको यो राष्ट्रघाती एमसीसी परियोजनाको बिरोधमा हामीले जस्तोसुकै संघर्ष र चुनौतीको सामना गर्दै प्रतिरोध गर्नुपर्ने उनको भनाइ छ ।
हरेक संगठनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि उनले उल्लेख गरे ।अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेशका इन्चार्ज दीपक विष्टले राजनीतिक र संगठनात्मक दुबै महत्वपूर्ण भएको बताए । उनले कुनैपनि संघर्षका लागि संगठनको आवश्यकता पर्ने भएकोले संगठन निर्माणमा विशेष जोड दिनुपर्नेे प्रष्ट पारे ।सबै जबसहरुले समाजको नेतृत्व गर्न सक्ने क्षमता, आत्मविश्वास र जिम्मेवारी बोध गर्दै कुरामा मात्र होईन व्यबहारमा पनि कान्तिकारीता देखाउनुपर्ने उनको भनाइ छ ।जबसका जेष्ठ नागरिक संजयको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीप वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा पार्टीका गाउँपालिका इञ्चार्जहरु, जबस÷मोर्चाहरुको पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।बैठकको संचालन नेकपा शान्तिनगरका इन्चार्ज मनोजले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]