MCC खारेजको माग गर्दै कञ्चनपुरमा प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराऊ गरेका छन । संयुक्त दलहरुका प्रदर्शनकारी द्वारा कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मंचबाट र्याली सुरु गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।
विरोध प्रदर्शनको कोणसभामा नेकपा (विप्लव) निकटका जिल्ला सचिव जीवन परियारले सम्बोधन गर्दै देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन , पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता परियारले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । प्रदर्शनमा सहभागी नेकपा (क्रान्तिकारी) माओवादीका जिल्ला सचिव कैलाश,
ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष गजेन्द्र पाण्डे र जनमोर्चाका जिल्ला अध्यक्ष राम कार्की लगायत वक्ताहरुले पनि राष्ट्रिय स्वाधिनता जोगाउन आफूहरु निरन्तर आन्दोलनमा उत्रने बताएका छन । सबै वक्ताहरुले MCC सम्झौता खारेज हुनुपर्ने मा जोड दिँदै राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी आम जनसमुदायलाई आन्दोलनमा समाहित हुन अपिल समेत गरेका छन ।
नेकपासहितका दल र मोर्चा द्वारा mcc खारेजको माग गर्दै देशैभरि विरोध प्रदर्शनका गर्दै आएको छ र आज पनि देअभरका प्रशासन कार्यालय घेराऊ गरेको छ । अमेरिकी सहयोग नेपाल सरकारले एम सी सी सम्झौता पारित गर्नका लागि अहिले संसदमा पेस गरेको छ । उक्त एजेण्डा अहिले संसदमा विचाराधीन छ । आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित भएको छ । -गणेश एसके