एममसिसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु घेराउ

काठमाडौं । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहिवार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै कार्यालय घेराउ गरिएको हो ।
उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा,भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एम सी सी सम्झौता खारेज हुनुपर्नेमा नेता भुसालले जोड दिए ।
उनले भने,“ संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एम सी सी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय हरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एम सी सी सम्झौता खारेज नहुँदा सम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने उनले बताए । त्यसैगरी संयुक्त मोर्चाको तर्फबाट सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत अन्य सबैले पनि उक्त सम्झौता जसरी पनि खारेज हुनुपर्ने माग गर्दै आन्दोलन निरन्तर जाने उनीहरूको निचोड थियो ।
सो विरोध प्रदर्शन को कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादी नेता धनेश्वर पोख्रलले यो देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन , पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता शाहले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । उनले भने अमेरिकाले विकाशको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्य सहित नेपाल भित्रिने योजना बनाएको छ यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरुले उक्त सम्झौता खारेज गर्नुपर्ने छ र यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको नेता पोख्रेलले बताए ।
सयुक्त रुपमा गरिएकाे उक्त बिरोध प्रदर्शन राष्ट्रघाती MCC सम्झौता खारेज गर, MCC चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दाबाद, संयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा जूलूस सहित तौलिहवाको बुद्ध चोक हुँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गेटमा गई कोणसभामा परिणत भएको थियो ।
बिरोध प्रदर्शनमा राष्ट्रिय जन मोर्चा नेता शिव पौडेल , मानव अधिकार कार्मी राम दयाल ठाकुर लगायतका नेताहरु सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसी गरेका थिए । – अनिल थारु