बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१३ बेलसरस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र भरतपुर–१३ की ६० वर्षीया चिजा सार्कीको शव भेटिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय गीतानगर र निकुञ्जको हात्ती सहितको टोलीले खोजीगर्दा बाघले खाइरहेको अवस्थामा उनको शव भेटिएको हो । निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।