एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ

काठमाडौं । संयुक्त जनआन्दोलन समिति सुर्खेतलेएमसीसी परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ गरेकाे छ । घेराउ पछिकाे कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका सेक्रेटरी ध्रूबले एमसीसी परियोजना नेपालमा लागू भएमा नेपाल सिरिया जस्तै बन्ने ठाेकुवा गरे। उनलेे एमसीसीकै कारण अमेरिका र चीन वीच लडाई हुने र त्यसबाट नेपाल र नेपाली जनताले ठूलो मूल्य चुकाउनु पर्ने वताए। यसवाट नेपालकाे पूर्णरूपमा क्षति मात्र होइन देश अमेरिकाको पराधिन पनि हुने दाबी गरेका थिए ।
नेकपा( क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य कृष्ण गुरूङ्गले नेपालीहरुलाई आफ्नो ज्यान भन्दा देश र स्वाधीनता प्यारो भएको भन्दै मुद्धा र आवश्यकताले युद्ध हुने वताए। उनलेे एमसीसी पास भएमा युद्धलाई कसैले रोक्न नसक्ने वताएका थिए ।
राष्ट्रिय जनमोर्चाका रत्नविक्रम राना प्यासीले एमसीसीमा प्राप्त हुने पैसाभन्दा राष्ट्रघाति बॅुदा र प्रावधानहरु भएकोले खारेज हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका डेबिड परियार, नेकपा (माओवादी केन्द्र समाजवादी) का सागर, नेकपा (मसाल)का बिष्णुप्रसाद शर्मा, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका नेत्रबहादुर शाही लगायतले कोण सभालाई सम्बोधन गरेका थिए । बिहीबार दिउँसो स्थानीय मंगलगढीबाट झण्डा व्यानर,प्लेकार्ड सहित नारा जुलुससहित सुरू भएको बिरोध -याली सुर्खेत बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेकाे थियाे।