बुटवलमा नेपाल बन्दको प्रभाव : बजार, सडक र यातायात बन्द

काठमाडौँ । एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा विहानैदेखि परेको छ । बन्दका कारण बजार क्षेत्र, राजमार्गहरु बन्द भएका छन् । बुटवलको क्षेत्रको सम्पूर्ण बजार, स्कूल, लामो दुरीका यातायात, राजमार्गहरु बन्द रहेका छन् । बुटवलको अमरपथ, ट्राफिक चोक, राममन्दिरलाइन, चौराह, मिलनचोक, बसपार्कलगायतका क्षेत्र पूर्णरुपमा बन्द भएका छन् । बन्दकर्ताहरु राजमार्गमा निस्किएका छन् । अब केहीबेरमा संयुक्त संघर्ष सम्बद्ध नेता कार्यकर्ताहरु सडकमा निस्किएर शान्तिपूर्ण जुलुस निकाल्ने तयारी गरिरहेका छन् । बजारका चोकचोकमा सुरक्षाकर्मी रहेका छन् । एमसीसी राष्ट्रको अहितमा भएको भन्दै जनता आक्रोशित भएका छन् । लामो समयदेखि जनता स्वतस्फुर्त रुपमा सडकमा निस्किएर संघर्ष गरिरहेका थिए । एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा विहानैदेखि परेको छ । बन्दका कारण बजार क्षेत्र, राजमार्गहरु बन्द भएका छन् । बुटवलको क्षेत्रको सम्पूर्ण बजार, स्कूल, लामो दुरीका यातायात, राजमार्गहरु बन्द रहेका छन् । बुटवलको अमरपथ, ट्राफिक चोक, राममन्दिरलाइन, चौराह, मिलनचोक, बसपार्कलगायतका क्षेत्र पूर्णरुपमा बन्द भएका छन् । बन्दकर्ताहरु राजमार्गमा निस्किएका छन् । अब केहीबेरमा संयुक्त संघर्ष सम्बद्ध नेता कार्यकर्ताहरु सडकमा निस्किएर शान्तिपूर्ण जुलुस निकाल्ने तयारी गरिरहेका छन् । बजारका चोकचोकमा सुरक्षाकर्मी रहेका छन् । एमसीसी राष्ट्रको अहितमा भएको भन्दै जनता आक्रोशित भएका छन् । लामो समयदेखि जनता स्वतस्फुर्त रुपमा सडकमा निस्किएर संघर्ष गरिरहेका थिए ।