नेपाल बन्दका कारण सुदुरपश्चिम ठप्प

काठमाडौँ । राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेसँगै शुदुर पश्चिमका ९ वटै जिल्लामा पनि बन्दको पूर्ण प्रभाव परेको छ । शुदुर पश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र वैतडी लगायतका जिल्लामा सशक्त बन्द रहेको छ ।बन्दका कारण शुदुर पश्चिममा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता बिहानैदेखि महेन्द्रनगर, डडेल्धुरा बागबजार, बैतडी लगायतका जिल्लाका सडकमा उत्रिएका छन् ।शुदुर पश्चिमको कञ्चनपुरका सडकमा बिहानै टायर बालेर बन्दकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए । राष्ट्रघाती एमसिसि बिरुद्ध सडकमा उत्रिएका बन्दकर्तालाई प्रहरीले लाठिचार्ज गरेको थियो ।नेपाल बन्द गराउदै हिडेका नेकपा कञ्चनपुर भीमदत्तनगर सचिब दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सह सचिब हरिश ऐरीलाई प्रहरीको लठ्ठी चार्जले घाइते भएका छन् ।उनि दुवैको टाउकोमा चोट लागेको नेकपा कञ्चनपुरले बताएको छ । बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दूध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द छन् । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको छ । -मनोज रावत