नेकपा ओखलढुङ्गाद्वारा सडक मर्मत तथा सरसफाइ

२०७८ फाल्गुन १८ गते, बुधबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले सहिद सप्ताहका अवसरमा मानेभञ्ज्याङ गापा ४ अवस्थित पङ्खुु–केतुके सडक मर्मत तथा सरसफाइ गरेको छ । नेकपा ओखलढुङ्गा जिल्ला सेक्रेटरी दिनेश सारूको नेतृत्वमा सम्पन्न निर्माणकार्यमा नेकपाका नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको सहभागिता रहेको बताइएको छ । उक्त टोलीले करिब तीन किमि बाटो मर्मत तथा सफा गरेको पनि प्राप्त समाचारमा उल्लेख छ । सडक बिग्रिएर सवारीसाधन चलाउन कठिन भएको र सर्वसाधारणले स्थानीय निकायसँग गुहार माग्दा सम्बन्धित पक्षले बेवास्ता गरेपछि स्थानीय बासिन्दाको मर्का बुझेर नेकपाले बाटो सफा र मर्मत गरेको नेकपा ओखलढुङ्गाका नेता युवन राईले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु