सहिद सप्ताह कार्यक्रम सम्पन्न

२०७८ फाल्गुन २२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटीको आयाेजनामा फागुन २१ गते शनिबार सहिद सप्ताह कार्यक्रमको समापन सहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिद परिवार सम्मान लगाएत नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि आउनेहरुलाई दाेसल्ला ओढाएर स्वागत एवं सम्मान गरिएको थियोे । पार्टीका जिल्ला सचिवालय सदस्य अर्जुन कठरियाकाे सञ्चालन, धनगढी नगर सचिव सराेज चाैधरिकाे अध्यक्षता र नगर इन्चार्ज रमेश साउदकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहिद दीपा निशानी र भारती निशानीका परिवार लगाएत धेरै सहिद परिवारलाई सम्मान गर्नुका साथै माओवादी केन्द्रबाट पार्टी परित्याग गरि आउने जनयुद्धको प्रारम्भिक कालका याेद्धा खेम प्रसाद चाैधरी, देबिलाल चाैधरी, मंगल निशानी , जंगबहादुर चाैधरी, चन्द्रलाल चाैधरी, कृष्ण सार्की, गाेमती चाैधरी, नन्दा चाैधरी, सुरेन्द्र कुवर, हरि बिक, सुस्मा सार्की र नेपाली काङ्ग्रेसबाट आउने कुल प्रसाद आचार्य लगाएतलाई पार्टीमा स्वागत गरिएको छ । स्थानीय जनताको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको कार्यक्रमका अन्य अतिथिहरुमा बिशेष कमिटी सदस्यहरु, क.अक्ष्य, एलवी कुवर, बिरु तिरुवा, जिल्ला कार्यालय सचिव प्रकाश रावल, जिल्ला सदस्य अडान, डम्बर बिक, अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य सुवास जाेशी, सहिद परिवार सदस्य हरिराम निशानी लगाएत रहेका थिए । कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख अतिथि पुनले दलाल पुजीवादी सत्ताका कारण देश र जनतालाई यावत खालका समस्या भाेग्नु परेकाले यसलाई फालेर समाजवादी सत्ता ल्याउन सबै सहिद परिवार र क्रान्तिकारीहरु एकीकृत जनक्रान्तिकाे बाटोमा अघि बढ्नुपर्ने कुरामा जाेड दिएका थिए । दलाल सत्ता र त्यसका हिमायतीहरुले यहीँ फागुन १५ गते संसदबाट षड्यन्त्र पुर्वक राष्ट्रघाती mcc संझाैता पास गरेर देशलाई बैदेशिक हस्तक्षेप सहितको गृहयुद्धमा धकेलेकाे कुरामा जाेड दिदै त्यसको प्रारम्भिक असर देउवा सरकारले युक्रेनकाे मामिलामा अमेरिकाको पक्षमा मत हालेकाे लगत्तै भारतीय पुर्व सैनिक अधिकारी बिस्वम्भर दयालले आजतक संग कुरा गर्दै चिनकाे समर्थनमा गए नेपाल र भुटानलाई युक्रेन बनाइ दिने धम्की दिएको बाट परेको र यसले नेपाललाई साम्राज्यवादी युद्ध मैदानमा परिणत गर्ने षड्यन्त्र भएको कुरामा जाेड दिदै अब राष्ट्रवादी र क्रान्तिकारी जनताले राष्ट्रिय स्वाधीनताकाे लडाइँमा अघि बढ्न अपिल गरेका थिए । जनयुद्धका प्रथम सहिद दिलबहादुर सम्तेल देखि झापा बिद्रोहका सुखानी सहिदको सपना क्रान्ति मार्फत मात्रै पूरा गर्न सकिने कुरामा जाेड दिदै प्रमुख अतिथि पुनले आफ्नो पार्टी महासचिव विप्लवकाे नेतृत्वमा सहिद अभियानमा निरन्तर अघि बढेको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु