‘एमसीसीले नेपालको हित गर्दैन ‘

२०७८ फाल्गुन २३ गते, सोमबार


काठमाडौं । एमसीसीले नेपालको हित नगर्ने विभिन्न क्षेत्रका बुद्धिजीवी र विज्ञहरुले ठोकुवा गरेका छन । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपाल, अखिल नेपाल बुद्धिजीवी संघ,अखिल नेपाल बुद्धिजीवी युनियन, समाजवादी बौद्धिक शिविर र माओवादी समाजवादी बुद्धिजीवी संगठन नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘एमसीसी र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रममा विभिन्न विषयका विज्ञहरुले एमसीसी र राष्ट्रिय स्वाधीनताका विषयमा प्रकाश पारेका थिए । पूर्व गभर्नर एवं अर्थ तथा योजनाविद् दीपेन्द्र क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै “एमसीसीकाे सहयाेग दान चेतावनीपूर्ण रहेकाे बताएका छन् । याे नेपालकाे संविधानभन्दा माथि रहेको छ । एमसीसी पारित नहुँदै कार्यान्वयन भयाे । एमसीएका पदाधिकारीले नेपालकाे हित हेर्न नसक्ने पनि उनले बताए ।”
कानूनविद प्रा.डा. युवराज संग्राैलाले कार्यक्रममा बोल्दै एमसीसी देशकाे स्वामित्वमा रहेन, यो भ्रष्टाचार गरेर खाने परियाेजना भएको बताए । एमसीसीलाई सार्वभौम संसदमा छलफल गरिएन । एमसीसी पास हुनुमा ३ शीर्ष नेताकाे दोस छ । हामीले जसलाई नेता बनाइयाे त्यसकाे माक्सवादी दृष्टिकोण देखिएन । कम्युनिष्ट क्रान्तकारी र लोकतान्त्रिकवादीहरु राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताका विषयमा एकपछि अर्को धरासयी हुँदै गएको पनि उनले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै जलस्रोत विज्ञ रत्नशंकर श्रेष्ठले भने-ं महाकाली सन्धीदेखि एमसीसीसम्म आइपुग्दा कम्युनिष्टहरुले गल्ती गरेको, संसदलाई रबर स्ट्याम्प बनाइयो, नेपालले असंलग्न परराष्ट्र नीतिको धज्जी उडाउँदै हिन्द प्रशान्त रणनीति (आइपीएस) मा सामेल भएको जनाए ।’
यसैगरी , बरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी कम्युनिष्ट आन्दोलनलाई दबाउन आएको परियोजना भएको र यो आइपीएससँग सम्बन्धित छ । उनले भने- अनुदानका सहयोगमा भ्रष्टाचार र दुरुपयोग बढेको पाइन्छ , शासकहरुसँग बल बाहेक केही नभएकाे समेत बताए ।
त्यस्तै राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सम्बन्धमा जनतामा ज्वाला उठेको छ, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तार बिरुद्ध नेपाली जनता उठ्नुपर्छ, जबसम्म संसदीय व्यवस्था रहिरहन्छ तबसम्म यस्तो समस्या आइरहन्छन् त्यसकारण जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा देशलाई लैजानुकाे विकल्प नरहेको बताए ।
कार्यक्रमको अध्यक्षता श्रीधर गौतमले गरेका थिए भने कार्यक्रममा भक्तकुमारी घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन। कार्यक्रमको सञ्चालन समाजवादी बौद्धिक शिविरकी सदस्यीय यमकुमारी ददेलले गरेकी थिइन् । कार्यक्रम कमलादीस्थित,काठमाडौं प्रज्ञा प्रतिष्ठानमा भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु