‘श्रमजीवी महिलाले न्याय,समानता र स्वतन्त्रताका लागि बिद्राेह गर्नुपर्छ’

२०७८ फाल्गुन २५ गते, बुधबार


काठमाडौँ । नेकपा दैलेखका सेक्रेटेरी दिपेन्द्रले ११२ अौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अबसरमा श्रमजीवी महिलाहरुले न्याय,समानता र स्वतन्त्रताका लागि बिद्राेह गर्नुपर्ने अहिले कायम रहेकाे दलाल सँसदीय ब्यबस्थाबाट श्रमजीवी महिलाहरुकाे मुक्ति नहुने भएकाले बैज्ञानिक समाजबादी ब्यबस्था स्थापना गर्न अघि बढ्नु पर्ने कुरामा जाेड दिदै राष्टघाति एमसिसि दलालहरुले सँसदबाट पास गरेपनि नेपाली देशभक्त जनताहरु खारेजीका लागि निरन्तर सघ्रसमा रहेकाे उल्लेख गर्दै सम्पुर्ण देशभक्त,सच्चा लाेकतान्त्रिक शक्तिहरु र सच्चा कम्युनिस्टहरु एकजुट भएर एमसिसिलाई नेपालबाट लखेट्नु पर्ने कुरा बताए ।
नेपाल कम्युनिस्ट पार्टी दैलेखले ठाँटीकाध गाउँपालिकाकाे ठाँटीकाँध बजारमा ११२ अौ अन्तराष्टिय श्रमिक महिला दिबस कार्यक्रमलाई सम्बोधनगर्दै उनले सो कुरा बताएका हुन् । उक्त बिरोध प्रदर्शन र सभामा अमेरिकी साम्राज्यवाद -मुर्दाबाद!राष्ट्रघाति एमसिसि खारेज गर ! डलर हामलाई चाहिदैन, देश बेच्न पाईदैन ! दलालहरु हाेशियार ! ११२अौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस भब्य रुपले सफल पारौ! लगायतका नारासमेत लगाइएको थियो ।


उक्त कार्यक्रममा नेकपा दैलेखका सदस्य प्रकाश,नेकपा दैलेखका सदस्य क्रान्ति ,नेकपा दैलेखका सदस्य दुर्गा,नेकपा दैलेखका सदस्य तथा अखिल(क्रान्तिकारी )केन्द्रीय सदस्य सुद्रसन,नेकपा कैलालीका सदस्य अजय र अखिल (क्रान्तिकारी )सुर्खेत जिल्ला सह सचिव देउरुपा कठायतले पनि मनतव्य राखेका थिए । नेकपा दैलेखका सदस्य लाेकराजले सँञ्चालन गरेकाे उक्त कार्यक्रमकाे अध्यक्षता शरदले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]